राजेन्द्र र धवलका खिचातानीले राप्रपामा किचलो, आज सकिएला त केन्द्रीय समिति बैठक?

हिमाल प्रेस १३ माघ २०८१ ७:११ | Sunday, January 26, 2025
राजेन्द्र र धवलका खिचातानीले राप्रपामा किचलो, आज सकिएला त केन्द्रीय समिति बैठक?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर जवराको टकराव बढ्दै गएको छ। आगामी महाधिवेशनबाट अध्यक्ष हत्याउन धवल लागेका छन् भने राजेन्द्र फेरि दोहोरिन चाहिरहेका छन्। यसैले अहिलेबाटै दुई नेताबीच तिक्तता बढेको छ।

राप्रपा बैठकमा समेत दुई नेताबीचको धार बढ्दै गएको छ। शुक्रबारबाट सुरु राप्रपा बैठकमा लिङ्देनको राजेन्द्रको काउन्टरमा धवलले प्रतिवेदन पेस गरेका थिए। बैठकमा राजेन्द्र निकट नेताहरूले धवललगायतका नेता पूर्वगणतन्त्रवादी रहेको आरोप लगाए। उनीहरूले राजेन्द्र मात्र विगतबाटै राजावादी रहेको बताएका थिए।

यता धवलपक्षधर नेताले भने राजेन्द्रले सही तरिकाले चलाउन नचाहेको बताएका थिए। उनीहरूले धवल विरामी भएका बेला राजेन्द्रले पद खोसेको विषयमा जबाफ खोजेका थिए। आज पनि राप्रपा बैठकमा बोल्ने क्रम जारी हुनेछ। अन्तिममा अध्यक्षले जबाफ दिएर बैठक समापन हुने कार्यसूची छ।

हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले आज एक दिन बैठक लम्बिएको छ । बैठक आज समापन गर्ने तयारी छ ।

के के विषयमा हुँदैछ छलफल?
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित: १३ माघ २०८१ ७:११ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast