‘रंगी’ को गीत ‘तिम्रै संसारमा’ 

हिमाल प्रेस ८ माघ २०८१ १६:४३ | Tuesday, January 21, 2025
‘रंगी’ को गीत ‘तिम्रै संसारमा’ 

काठमाडौँ- फिल्म ‘रंगी’ को ‘तिम्रै संसारमा’ बाेलकाे गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएकाे गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर छ।

भीम बिसीको शब्द र संगीत रहेको गीतमा बा र छोरीको माया प्रस्तुत गरिएको छ। भिडियोमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ। श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ।

फिल्म आगामी फागुन २ देखि प्रदर्शन हुनेछ। सुमन गजमेरको लेखन रहेको फिल्मका निर्देशक सुरेश न्यौपाने हुन्। यो उनको डेब्यु निर्देशनमा बनेको फिल्म हो।

सौरभ लामाको छायांकन गरेको फिल्म बन्दे प्रसादको सम्पादन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सनमा बनेको छ।

 सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम छन्।

प्रकाशित: ८ माघ २०८१ १६:४३ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast