यौन दुर्व्यवहारको आरोपमा ‘इनड्राइभ राइडर’ प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ९ माघ २०८१ १८:२८ | Wednesday, January 22, 2025
यौन दुर्व्यवहारको आरोपमा ‘इनड्राइभ राइडर’ प्रहरी नियन्त्रणमा

काठमाडौँ- यौन दुर्व्यवहार गरेको आरोपमा इनड्राइभका एक जना राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले चितवन नारायणी नगरपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका बालाजु बस्ने २५ वर्षीय प्रवीण बराललाई नियन्त्रणमा लिएको हो।

बराललाई चन्द्रागिरी नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी वृहत काठमाडौँले जनाएको छ।

इनड्राइभमा यात्राका लागि महिला यात्रीले बुक गर्ने क्रममा बरालकोमा राइड अनुरोध पुगेको थियो।

महिला यात्रीको मोबाइल नम्बर प्राप्त गरी विद्युतीय माध्यम (सामाजिक सञ्जाल) मार्फत यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा बराललाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई बरालमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०८१ १८:२८ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast