यू १९ महिला टी २० विश्वकपमा आज अस्ट्रेलियासँग भिड्दै नेपाल, ‘सुपर ६’ को झिनो आश

हिमाल प्रेस ९ माघ २०८१ ७:२३ | Wednesday, January 22, 2025
यू १९ महिला टी २० विश्वकपमा आज अस्ट्रेलियासँग भिड्दै नेपाल, ‘सुपर ६’ को झिनो आश

काठमाडौँ- आईसीसी यू १९ महिला टी २० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ। मलेसिसाको बांगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुनेछ।

आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो। स्कटल्यान्डविरूद्ध राम्रो सुरुवात गरेपनि नेपालले स्कटल्यान्डको अन्तिम विकेट लिन सकेन।

अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुकेको थियो। अस्ट्रेलियाले बंगलादेश र स्कटल्यान्ड दुवैलाई पराजित गरिसकेको छ। समूह चरणमा उ पनि अन्तिम खेल खेल्दैछ। शीर्ष स्थानमा रहेको अस्ट्रेलिया अहिलेसम्मको खेलमा बलियो देखिएको छ।

बंगलादेश र स्कटल्यान्ड दोस्रो र तेस्रो स्थानमा छ। सुपर सिक्समा पुग्नका लागि समूह चरणमा कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। बंगलादेश र स्कटल्यान्डबीच बिहान सवा ८ बजे खेल हुँदैछ। समूह डी बाट सुपर सिक्समा पुग्ने टोलीको आजै टुंगो लाग्नेछ।

प्रकाशित: ९ माघ २०८१ ७:२३ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast