यी तहका शिक्षकहरूको बढुवा

हिमाल प्रेस १४ माघ २०८१ १४:०४ | Monday, January 27, 2025
2
SHARE
यी तहका शिक्षकहरूको बढुवा

काठमाडौँ- कोशी प्रदेशका माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकहरूको बढुवा भएको छ। बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय धनकुटाले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा गरिएको जनाएको छ।

बढुवाको लागि निवेदन पेस गर्ने उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरिएको हो।

बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको निर्देशनालयले जनाएको छ।

बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माध्यमिक तह प्रथम श्रेणीको ७५०, निम्न माध्यमिक तह प्रथम श्रेणीको ६०० र प्राथमिक तह प्रथम श्रेणीको लागि ५०० रुपैयाँ शिक्षक सेवा आयोगको कार्यालय कोड ३५०२१३३०३ र राजध खाता नं. १४२२४ मा जम्मा गरेको भौचरसहित निर्देशनालयमा उजुरी दिन सकिने बताइएको छ।

बढुवा नतिजा

 

प्रकाशित: १४ माघ २०८१ १४:०४ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast