यस्तो बन्यो ‘सल्ले वनको डल्ले च्याउ’को भिडियो

हिमाल प्रेस १३ माघ २०८१ २०:५८ | Sunday, January 26, 2025
यस्तो बन्यो ‘सल्ले वनको डल्ले च्याउ’को भिडियो

काठमाडौँ- सुनिल विकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो रिलिज गरिएको हो।

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ। नेत्र अर्यालको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी, उषा उप्रेती, बद्रीप्रसाद तिवारी, कमलमणि नेपाल, जानकी परियार लगायतका कलाकारको अभिनय रहेको छ। सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल बिकले तयार गरेका हुन्।

यो भिडियोको पोष्ट प्रोडक्सनको काम आगामी चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’ निर्माण कम्पनी गलबन्दी प्रोडक्सनमा गरिएको हो। निर्देशक सुनिल वसन्तका मुख्य सहायक निर्देशक समेत हुन्।

ब्ल्याक बी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, रोशन विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग सयोजन, प्रविन भट्टको सम्पादन रहेको छ।

प्रकाशित: १३ माघ २०८१ २०:५८ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast