मोटरसाइकल दुर्घटनामा परी भोजपुरका एमाले युवा नेताको मृत्यु

हिमाल प्रेस २ माघ २०८१ ८:१८ | Wednesday, January 15, 2025
मोटरसाइकल दुर्घटनामा परी भोजपुरका एमाले युवा नेताको मृत्यु

इटहरी- इटहरी उपमहानगरपालिका २० मा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको निधन भएको छ। भोजपुरको हतुवागढी गाउँपालिका वडा नं। ५ का ३१ वर्षीय विजय राई (मुकेश)को निधन भएको हो । उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं ५ का अध्यक्ष हुन्।

मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं।२० स्थित भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिनेतर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइ पनि चिकित्सकले मंगलबार राति ८ः१० बजे नै मृत घोषित गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन्। बस्नेतले आफू मोटरसाइकलमा पछाडि सवार रहेको बताउँदै आएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। तत्काल मोटरसाइकल चालक को हो भन्ने पहिचान नभएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २ माघ २०८१ ८:१८ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast