‘मेटु भन्छु केरकार पारि’मा अन्जना बराइलीको अभिनय

हिमाल प्रेस १८ माघ २०८१ १८:२२ | Friday, January 31, 2025
‘मेटु भन्छु केरकार पारि’मा अन्जना बराइलीको अभिनय

काठमाडौँ- गायक साइराज खातीले नयाँ गीत ‘मेटु भन्छु केरकार पारि’ ल्याएका छन्। गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन्।

आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअप हुन्।

प्रसाद, पुजार सार्की जस्ता चलचित्रमा संगीत गरेका सुवास भुषालले यस गीतलाई संगीत गरेका छन्। विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ।

गीतको म्युजिक भिडियोमा नायिका अन्जना बराइलीको अभिनय छ। उनलाई गीतकार तथा कलाकार सुरेन्द्र दियालीले साथ दिएका छन्।

विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेको हुन्। गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो।

प्रकाशित: १८ माघ २०८१ १८:२२ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast