मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को अडिसन फागुन ३ देखि

हिमाल प्रेस १५ माघ २०८१ १२:२७ | Tuesday, January 28, 2025
मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को अडिसन फागुन ३ देखि

काठमाडौँ- मिस्टर एन्ड मिस नेसनल नेपालको चौथो संस्करण हुने भएको छ। प्रतियोगिताको अडिसन आगामी फागुन ३ देखि सुरु हुने आयोजकले जनाएको छ।

काठमाडौँमा कार्यक्रम गर्दै आयोजकले फागुन ३ देखि अडिसन खुल्ने जानकारी दिएकाे छ। २ मार्च अर्थात् फागुन ११ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित बिराटनगर, पोखरा, इटहरि, चितवन, नेपालगञ्ज र धनगढीमा हुनेछ। काठमाडाैँमा हुने अडिसनमा भने मिस ग्लोबकी विजेता डायना आउनेछिन्।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए।

यसअघि मिस्टर एण्ड मिस नेशनल २०२४ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेसनल बनेका थिए।

मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन्. मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल र मिस्टर टुरिजम वर्ल्ड।

प्रकाशित: १५ माघ २०८१ १२:२७ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast