 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            बाँके- बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ।
बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका-२ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका-२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो।
समुदायका लागि सञ्चार अभियन नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ।
                            प्रकाशित: १९ पुष  २०८१ १२:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 