माघ १८ गते बागमती प्रदेशको हिउँदे अधिवेशन आह्वान

हिमाल प्रेस १५ माघ २०८१ १८:३० | Tuesday, January 28, 2025
माघ १८ गते बागमती प्रदेशको हिउँदे अधिवेशन आह्वान

मकवानपुर- बागमती प्रदेशसभाको बैठक माघ १८ गतेका लागि आह्वान भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरेका हुन्।

प्रदेश प्रमुखले बैठक आह्वान गरेको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा आजै अपराह्नमा दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्खे अधिवेशन अन्त्य गरिएको थियो।

प्रकाशित: १५ माघ २०८१ १८:३० | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast