माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्दै समाजवादी मोर्चा

हिमाल प्रेस २ माघ २०८१ १६:२५ | Wednesday, January 15, 2025
माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्दै समाजवादी मोर्चा समाजवादी मोर्चाको बैठक

काठमाडौँ- समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

त्यस्तै, बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए। आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो।

आजको बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको उनले बताए। समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन्।

मोर्चा गठन हुँदा जनता समावादी पार्टी पनि थियो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला जसपा विभाजन भएको थियो। त्यसयता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा छैनन्। उनलाई क्रियाशील बनाउने पक्षमा नेताहरू छन्। उपेन्द्रले बैठकमा सहभागी नहुने जवाफ दिएका छन्।

प्रकाशित: २ माघ २०८१ १६:२५ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast