‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई चरित्र

हिमाल प्रेस १ माघ २०८१ १२:०७ | Tuesday, January 14, 2025
‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई चरित्र

काठमाडौँ- फिल्म ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा दुई पुरुष छन्। एकजना राज परिवारको पहिरनमा शिरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन्। उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत छन्। यी दुवै चरित्रमा देखिएका कलाकार पल शाह हुन्। पोस्टरमा देखिएका उनकाे क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक परिच्छेद सेनले फिल्मलाई कथा मात्र नभएर समाज र सत्ता दुबैको अँध्यारो मानसिकताको प्रतिबिम्ब रहेकाे बताएका छन्। ‘भनिन्छ जीवन एउटा उपहार हो, तर मान्छेहरुले यसलाई कहिलेकाहीँ सजाय बनाईदिन्छ्न। यो फिल्म केवल एउटा कथा होइन। यो त बाँचेर पनि पटक पटक मर्न बाध्य पार्ने यो समाज र सत्ता दुवैको अँध्यारो मानसिकताको प्रतिबिम्ब हो। उनले लेखेका छन् ‘संसारको क्रुरता भित्रको अन्यायपूर्ण संरचनाको ऐना हो। यो त सपना, संघर्ष र भावनाको एउटा जीवन यात्रा हो। यो आत्माको अभिव्यक्ति र हृदयको भाषा हो।’

फिल्मको स्लोगन  पनि ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ।

फिल्म आगामी वर्ष २०८२ सालकाे फूलपातीमा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन्। निर्देशक सेनकै लेखन रहने फिल्ममा टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबी खड्काले लगानी गरेका छन्।

प्रकाशित: १ माघ २०८१ १२:०७ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast