 
                             
                                            काठमाडौँ- भूकम्पविद् डा.शिव सुवेदीको नयाँ गीत ‘फेरियौ मायालु’ सार्वजनिक भएको छ। गीतमा गायिका समिक्षा अधिकारी र गायक कुशल बेलवासेको आवाज रहेको छ।
‘फेरियौ मायालु’ प्रेम वियोगात्मक कथामा आधारित गीत हो। विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन्।
स्मारिका ढकाल, अनिल पौडेल र सुरेश कोहलीले अभिनय गरेका छन्। गीतकारको रूपमा बेग्लै पहिचान बनाएका डा.सुवेदीका दर्जनौँ गीतहरू लोकप्रिय छन्।
उनका गीतहरूमा सामाजिक सन्देशसँगै प्रेम, विरह, मायाजस्ता भावनाहरूलाई मार्मिक रूपमा उतारिएको हुन्छ। गीतको म्युजिक भिडियो शिव सुवेदी च्यानलमा हेर्न पाइन्छ।
                            प्रकाशित: २६ पुष  २०८१ ९:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2024/07/yanimaya.jpg) 
                                             ![लक्ष्मण पोखरेलको ‘दिल रोएको बेला’ [भिडिओ]](https://himalpress.com/wp-content/uploads/2024/03/dil-royako-bela.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 