भीम रावलसँग देखिएका कर्ण थापाले भने : म एमालेमै छु

हिमाल प्रेस ५ माघ २०८१ ६:३० | Saturday, January 18, 2025
भीम रावलसँग देखिएका कर्ण थापाले भने : म एमालेमै छु

काठमाडौँ- नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले आफूले एमाले नछाडेको बताएका छन्। एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन्।

शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका थापाले एमाले छोड्न लागेको हल्ला निराधार भएको बताएका हुन्।

एमालेबाट कारवाहीमा परेका एमाले पूर्व उपाध्यक्ष भीम रावलसँगै सँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका थिए। आज धनगढी पुगेका रावल र थापा श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका हुन् ।

प्रकाशित: ५ माघ २०८१ ६:३० | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast