भरुवा बन्दुकसहित पाँच जना पक्राउ

हिमाल प्रेस २८ पुष २०८१ १४:३१ | Sunday, January 12, 2025
भरुवा बन्दुकसहित पाँच जना पक्राउ

काठमाडौँ- प्रहरीले सुनसरीबाट भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १९ हरियाली चारकोसे जंगलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बा ४ च ४३३ नम्बरको कारलाई चेकजाँच गर्दा उनीहरूको साथबाट भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इटहरी–१३ बस्ने ज्योतिस चौधरी, सुनसरी रामधुनी नगरपालिका–७ बस्ने सन्जु राई, विनयराज धामी, दिवश माझी र मोरङ सुन्दरहरैचा नगरपालिका–२ बस्ने मेहरमान भुजेल रहेको प्रहरीले बताएको छ।

उनीहरूको साथबाट भरुवा बन्दुक एक थान, टोटा बन्दुकको गोली दुई थान, भरिएको सानो बट्टा दुई थान, दुई पोका बारुद, भरुवा बन्दुकमा लाग्ने फलामको गोली तीन थान र खुकुरी एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ पुष २०८१ १४:३१ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast