भन्सार जाँचपास प्रक्रिया झन्झटरहित बनाउन सरकारलाई सुझाव

हिमाल प्रेस १० माघ २०८१ २०:२८ | Thursday, January 23, 2025
भन्सार जाँचपास प्रक्रिया झन्झटरहित बनाउन सरकारलाई सुझाव

काठमाडौँ- उद्योगी व्यवसायीहरूले भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरू थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन्।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने समेत बताएका छन्।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिहरुले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यवसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताए।

अध्यक्ष ढकालले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप नयाँ भन्सार विधेयक संसदमा टेबल हुन लागेको विषय सकारात्मक रहेको बताए। निर्माणाधीन आईसीपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठूला र महत्वपूर्ण भन्सार कार्यालयहरुमा थप पूर्वाधारहरुको विस्तारमा समयमै ध्यान दिनुपर्ने उनले बताए।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए। उनले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरी नै अगाडि बढिरहेको जानकारी दिए।

प्रकाशित: १० माघ २०८१ २०:२८ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast