 बुद्ध एयर। फाइल तस्बिर
                             बुद्ध एयर। फाइल तस्बिर
                                            काठमाडौँ- काठमाडौँबाट सोमबार बिहान झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या उत्पन्न भएपछि डाइभर्ट गरिएको छ। उडान नं. ९५३ जहाज कल साइन ९ एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
उक्त विमान बिहान ११:१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। जहाजलाई एयरलाइन्सका प्राविधिकले परीक्षणा गरिरहेको कर्णले बताए। उनका अनुसार यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ।
                            प्रकाशित: २२ पुष  २०८१ १२:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 