बालुवाटारबाटै तिनाउँको भवन उद्घाटन गर्दै ओलीले भने : सरकार परिवर्तन हुँदैन

हिमाल प्रेस ११ माघ २०८१ १५:०९ | Friday, January 24, 2025
बालुवाटारबाटै तिनाउँको भवन उद्घाटन गर्दै ओलीले भने : सरकार परिवर्तन हुँदैन केपी ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। कार्यक्रम स्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्य स्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन आग्रह गरे।

प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरूको अर्थ नहुने स्पष्ट गरे।

उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा (एमाले) र नेपाली काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने दाबी गरे।

प्रकाशित: ११ माघ २०८१ १५:०९ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast