बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

हिमाल प्रेस ६ माघ २०८१ १५:१७ | Sunday, January 19, 2025
बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास फाइल तस्बिर : एफपी

काठमाडौँ– प्यालेष्टिनी इस्लामिक समूह (हमास) ले युद्धविराम सम्झौताअनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ।

समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताएका छन्।

उनले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताए।

युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भने, ‘कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ।’

यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो।– रासस

प्रकाशित: ६ माघ २०८१ १५:१७ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast