फेरि बढ्यो डलर, कति पुग्यो बहराइन दिनार?

हिमाल प्रेस १५ माघ २०८१ ६:१६ | Tuesday, January 28, 2025
फेरि बढ्यो डलर, कति पुग्यो बहराइन दिनार?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनार, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहितका मुद्रा भने आज सस्तिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४६ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिददर एक सय ४४ रुपैया ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा छ। हिजो युरो एकको खरिददर एक सय ४४ रुपैया ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ २५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८२ र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८७ र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा थियो।

प्रकाशित: १५ माघ २०८१ ६:१६ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast