फिल्म ‘ममी’ को ट्रेलर

हिमाल प्रेस ८ माघ २०८१ १७:२३ | Tuesday, January 21, 2025
फिल्म ‘ममी’ को ट्रेलर

काठमाडौँ- हरर र फ्यामिली ड्रामा जनरामा बनेको फिल्म ‘ममी’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका मुख्य कलाकार प्रिंयका कार्की र सुलक्षण भारतीको संवादसँगै सुरु भएकाे ट्रेलरमा सपनामा देखेकाे घटनालाई भूतिया आकृति र अलौकिक पात्रमार्फत देखाइएको छ।

फिल्ममा दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारको अभिनय छ।

समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको फिल्म यही आगामी माघ २५ देखि प्रदर्शन हुनेछ। फिल्म समर निरौलाले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

सो ट्वान्टी फाइभको प्रस्तुति रहेको फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन। फिल्मको कार्यकारी निर्मातामा सुमन कोइराला छन्। निशाल पौडेल र शरद महतोले संयुक्त छायांकन रहेको फिल्म सुरेन महर्जनले सम्पादन गरेका छन्।

प्रकाशित: ८ माघ २०८१ १७:२३ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast