प्रदीप खड्काको ‘एक्टर’ विरुद्ध अदालतमा रिट

हिमाल प्रेस १३ माघ २०८१ १३:४५ | Sunday, January 26, 2025
प्रदीप खड्काको ‘एक्टर’ विरुद्ध अदालतमा रिट

काठमाडौँ-  प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध रिट दायर भएको छ। यही १६ माघदेखि प्रदर्शन हुने फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर भएको हो।

गत ४ माघमा प्रदर्शन भएको अर्काे फिल्म ‘एक्टर’का निर्माता मनोहरि थापाले खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन रोक्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्। यसअघि प्रदर्शन भएको फिल्म एक्टरको हुबहु मिल्ने इजाजत चलचित्र विकास बोर्डले अर्को नयाँ फिल्मलाई पनि दिइएको रिट निवेदमा उल्लेख छ।  यसअघि चलचित्र विकास बोर्डले भने दुई अलग फिल्म रहेको भन्दै इजाजत दिएको थियो।

यसअघि पत्रकार सम्मेलनमा समेत खड्का अभिनीत एक्टरका निर्देशक राजन भुसालले आफूले पहिले नै एक्टर नाममा फिल्म बनाएको र  अन्य एक्टर फिल्मका बारेमा जानकारी नभएको बताएका थिए।

प्रकाशित: १३ माघ २०८१ १३:४५ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast