फाइल तस्बिर
काठमाडौँ- समाजवादी मोर्चाले आज (मंगलबार) वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ। माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो।
बुधवार सबै हल बुकिङ भइसकेकाले कार्यक्रम भोलि सारिएको नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए। कार्यक्रम प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे हुने उनले जानकारी दिए।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेको छन्। मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको नेतृत्व छाडेपछि मोर्चा सक्रिय बन्न थालेको छ।
प्रकाशित: १५ माघ २०८१ ६:२५ | Tuesday, January 28, 2025
प्रतिक्रिया




