काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले सत्तारुढ नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयको बिजुली बत्तीको लाइन काटिदिएको छ। लगातार बिजुली बत्ती उपभोग गरेको ९० दिनसम्म पनि शुल्क नतिरेपछि बत्तीको लाइन काटिएको हो। लाइन आज बिहीबार बिहानदेखि काटिएको हो। विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काटिदिएको छ। संसद् सचिवालयका अनुसार प्राधिकरणलाई ६५ हजार रुपैयाँ बिजुलीको बिल तिर्नबाँकी छ। संसद् सचिवालयले आजै पैसा बुझाइने पनि बताएको छ।
                            प्रकाशित: २५ पुष  २०८१ १३:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

