काठमाडौँ- आज पुसको अन्तिम दिन। अर्थात पुस २९ गते। पुस मसान्तका दिन काठमाडौँमा चिसो बढेको छ। बिहानीपख घरबाहिर निस्कँदा ठिर्याउने चिसो छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पनि काठमाडौँको न्यूनतम तापक्रम कम छ।
महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ। तर दुई दिनयता काठमाडौँको तापक्रम उस्तै छ। किनकि आइतबार पनि काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो।
यता आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
प्रकाशित: २९ पुष २०८१ ७:३७ | Monday, January 13, 2025
प्रतिक्रिया




