पीएसजीसँगको हारले च्याम्पियन लिगमा कठिन यात्रामा सिटी

हिमाल प्रेस १० माघ २०८१ ६:५८ | Thursday, January 23, 2025
पीएसजीसँगको हारले च्याम्पियन लिगमा कठिन यात्रामा सिटी

काठमाडौँ- च्याम्पियन्स लिगमा इंग्लिस टिम म्यानचेस्टर सिटीले फ्रान्स टिम पेरिस सेन्ट जर्मन (पीएसजी)माथि हार व्यहोरेको छ।
सिटी पीएसजीमाथि सुरुवाती समयमा दबाबमा राखे पनि अन्तिम समयमा चुकेको थियो। यो हारले सिटीको दोस्रो चरण यात्रा कठिन बनेको छ।

गए रातिको खेलमा सिटीले २ गोलको अग्रता कायम गरेको थियो। तर दोस्रो हाफमा जबाफमा ४ गोल गर्दै पीएसजीले जित निकाल्यो। सिटीका लागि ज्याक ग्रेलिस र एर्लिङ हलान्डले गोल गर्दै सिटीलाई दोस्रो हाफको आठौँ मिनेटमा दुई गोलको अग्रता दिलाएका थिए। यता पीएसजीका लागि ओसमाने डेम्बेले र ब्राडली बार्कोलाले गोल फर्काएका थिए।

भिन्टिन्हाको फ्रिकिकमा जाओ नेभिसले हेड मार्फत गोल गरेपछि खेलको ७८ औँ मिनेटमा पीएसजीले अग्रता लिएको थियो। गोन्कालो रामोसले इन्जुरी समयमा पिसजीका लागि अन्तिम गोल गरे।

८ अंकसहित २५ औँ स्थानमा रहेको सिटीले प्ले अफमा छनोट हुनका लागि अर्को साता ब्रुगसँग हुने खेलमा अनिवार्य जित निकाल्नुपर्छ।

प्रकाशित: १० माघ २०८१ ६:५८ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast