पशुपति धर्मशालामा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आदेश

हिमाल प्रेस २६ पुष २०८१ २०:२२ | Friday, January 10, 2025
पशुपति धर्मशालामा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आदेश

काठमाडौँ– उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ।

न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न शुक्रबार अन्तरिम आदेश गरेको हो।

‘यसमा माडवारी सेवा समिति नेपालविरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ को रिट निवेदनमा यसै अदालतवाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारवाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१र०८र३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नु, नगराउनु,’ आदेशमा भनिएको छ।

एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिकाविरूद्ध दायर गरेको रिट निवेदनमा अदालतले यस्तो आदेश गरेको हो। यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो।

प्रकाशित: २६ पुष २०८१ २०:२२ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast