पक्राउ परिन् आशिका तामाङ

हिमाल प्रेस २ माघ २०८१ १५:२६ | Wednesday, January 15, 2025
पक्राउ परिन् आशिका तामाङ

काठमाडौँ- आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन्। प्रहरीले उनलाई प्रहरीमाथि अभद्र व्यवहार गरेको मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए। उनलाई स्वयम्भू क्षेत्रबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो। अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो।

हाल उनलाई प्रहरी वृत्त गौशाला ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ माघ २०८१ १५:२६ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast