काठमाडौँ- नेपाल बार एसोसियसनले न्याय परिषद् सदस्य सिफारिस गरेको छ। आज शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको हो। नेपाल बारकी महासचिव अञ्जिता खनालका अनुसार खड्काको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। अब खड्का संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्याय परिषद् सदस्य नियुक्त हुनेछन्।
काठमाडौँ बूढानीलकण्ठका खड्का नेपाली कांग्रेसनिकटका हुन्। न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको पदावधि मंसिर १५ गतेदेखि सकिएपछि उक्त पद रिक्त छ।
प्रकाशित: २७ पुष २०८१ १५:०३ | Saturday, January 11, 2025
प्रतिक्रिया



