काठमाडौँ- वरिष्ठ पत्रकार किशोर नेपाल नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार पुरस्कृत भएका हुन्।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले पत्रकार नेपाललाई दोसल्ला ओढाएर २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए।
प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर यो पुरस्कार प्रदान गर्दै आएको छ।
नोना कोइरालाको १८ औँ स्मृति दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमानदारीताको पाठ सिकाएको बताए।
इमानदारीता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।
प्रकाशित: १४ माघ २०८१ १९:२६ | Monday, January 27, 2025
प्रतिक्रिया



