 
                             
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पालुङटार अध्यक्षमा सन्तोष पोखरेल चयन भएका छन्। पार्टीको संगठन निर्माणमा सक्रिय रहँदै आएका पोखरेल पालुङटार नगरपालिकाको प्रथम सम्मेलनबाट शुक्रबार अध्यक्षमा चयन भएका हुन्।
उपाध्यक्षमा सुशीला श्रेष्ठ, सचिवमा भरतबाबु श्रेष्ठ, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा भरत देवकोटा चयन भएका छन्।
योगेन्द्र गुरुङ, सुरज श्रेष्ठ, जमुना नेपाली, रामचन्द्र मरहट्ठा, भीम नेपाली, गुरुप्रसाद पौड्याल, राजु विक, शकुन्तला परियार, विष्णुमाया थापा, गणेश गुरुङ, चिजा नेपाली, रञ्जना परियार, नारायण धौराली, अनिता देवकोटा पाण्डे, जंगबहादुर कार्की,कमल बोगटी, सीताराम तामाङ, शान्ता सुनार, गुणराज गिरी, कुलराज श्रेष्ठ, कृष्णबहादुर कुमाल र गोपाल नेपाली सदस्य चयन भएका हुन्।
संयोजक डा.बाबुराम भट्टराईले बिहीबार सम्मेलन उद्घाटन गरेका थिए। नयाँ शक्तिका नेताकार्यकर्ता तथा जनता बाजागाजासहित सम्मेलनमा उपस्थित थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 