नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन

हिमाल प्रेस ११ माघ २०८१ २०:२६ | Friday, January 24, 2025
नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन

काठमाडौँ- नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्।

अर्थ मन्त्रालयका अनुसार कमलप्रसाद रेग्मी, डा. देवराज रोक्का, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु बाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, बिक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठले उक्त पदका लागि आवेदन दिएका हुन्।

रेग्मी प्राधिकरणका निर्देशक, रोक्का युवा स्वरोजगार कार्यक्रमका पूर्वअध्यक्ष, ओझा पत्रकार तथा कानुनी व्यवसायी र चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन्। त्यसै गरी मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ), बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक, नेपाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष, पाण्डे नेपाल इन्स्योरेन्स कम्पनीका पूर्वउपमहाप्रबन्धक र पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक हुन्। पुडासैनी र न्यौपाने सरकारका पूर्वसचिव हुन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा रहेको छनोट समितिले कार्ययोजना प्रस्तुतीकरण गर्न लगाइ अन्तर्वार्ता लिएर तीन जना उम्मेदवारको सूची तयार गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ।

सूर्यप्रसाद सिलवालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी स्वत: निलम्बनमा परेका कारण  प्राधिकरणामा अध्यक्ष पद रिक्त भएको हो।

प्रकाशित: ११ माघ २०८१ २०:२६ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast