निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

हिमाल प्रेस ८ माघ २०८१ १६:०७ | Tuesday, January 21, 2025
निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

चितवन– चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। विगत केही दिनदेखि यस क्षेत्रमा जंगली हात्ती ध्रुवे देखिएकाले साँझ ५ बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साँझ परेपछि दुईपांग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक रूपमा मात्र पठाउने गरिएको छ।

उनले भने, ‘निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५ः३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ।’ समूहमा यात्रा गर्न या ठुला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उनले जानकारी दिए। ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

भरतपुर–माडी दैनिक पाँच सय दुईपांग्रे तथा चारपांग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन्। साँझपख बढीजसो दुईपांग्रे सवारीसाधन गुड्ने गरेका छन्। सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापामगरले बताए।

प्रकाशित: ८ माघ २०८१ १६:०७ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast