नवल नेपालको निर्देशनमा ‘मंगलम् २’ बन्दै

हिमाल प्रेस ६ माघ २०८१ १६:०६ | Sunday, January 19, 2025
नवल नेपालको निर्देशनमा ‘मंगलम् २’ बन्दै

काठमाडौँ- नवल नेपालको निर्देशनमा फिल्म ‘मंगलम्’ को दोस्रो भाग बन्ने भएको छ। फिल्ममा छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहनेछ।

निर्माता ओझा र निर्देशक नेपालबीच आइतबार कागजी सम्झौंता भएको हो। ओझाकाअनुसार फिल्ममा कलाकार तथा प्राविधिक पक्षबारे केही समयपछि सार्वजनिक गरिनेछ।

‘मंगलम’ २०७४ सालमा निर्माण भएको थियो। फिल्ममा समावेश गीत ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चित छ।

फिल्म छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको हो। यही ब्यानरमा यसअघि निर्देशक नवलले ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए।

प्रकाशित: ६ माघ २०८१ १६:०६ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast