नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन त्रिविमा सुरु, प्रतिवेदनमा शिक्षा सुधारका कुरा

हिमाल प्रेस १६ माघ २०८१ १६:३९ | Wednesday, January 29, 2025
नयाँ शक्ति विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन त्रिविमा सुरु, प्रतिवेदनमा शिक्षा सुधारका कुरा

काठमाडौँ- नेपाल समाजवादी विद्यार्थी युनियन (नयाँ शक्ति) को दोस्रो राष्ट्रिय सम्मेलन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय भवनमा सुरु भएको छ।

युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले संगठनको शैक्षिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा मुलुकको शैक्षिक सुधारकानिम्ति युनियनले गरेको योगदानको चर्चा गरिएको छ।

प्रतिवेदनमा शिक्षा ऐन जारी गर्न, सार्वजनिक शिक्षा सुधार गर्न विश्वविधालयमा भागबन्डा अन्त्य गरी निष्पक्षता कायम गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न सडक बहस अन्तर्क्रिया, टर्च लाइट जुलुश, सडक आन्दोलन गरेको उल्लेख गरिएको छ।

त्यस्तै, विद्यालय शिक्षामा दबाएर राखिएको बालबालिका, शिक्षकका समस्या काठमाडौँको माइतीघरमा ११ दिनसम्म उभिएर देशव्यापी आन्दोलन गरेर सबै पक्षको ध्यानाकर्षण गर्न सफल भएको पनि प्रतिवेदनमा उल्लेख छ।

भोलि सकिने सम्मेलनको  उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराई, डा.जनक शाह, दुर्गा सोबलगायत नेताहरू उपस्थित थिए।

सम्मेलनले युनियनको नयाँ नेतृत्व चुन्नेछ।

यस्तो छ प्रतिवेदन

प्रकाशित: १६ माघ २०८१ १६:३९ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast