‘नयाँ विधान’ बनाउन आगामी भदौमा एमालेले विधान अधिवेशन गर्ने

हिमाल प्रेस ९ माघ २०८१ ६:४४ | Wednesday, January 22, 2025
‘नयाँ विधान’ बनाउन आगामी भदौमा एमालेले विधान अधिवेशन गर्ने यसअघि गोदावरीमा गरेको विधान अधिवेशन पूर्वको दृश्य। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ। मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए।

दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ। विधान अधिजवेशनले पार्टीको नीति र नेतृत्व कस्तो बनाउने तय गर्छ। यसअघि पनि एमालेले विधान अधिवेशन गरेको थियो।

त्यसैगरी केन्द्रीय कमिटी बैठकले पास गरेको तीन महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने, प्रदेश कमिटीमा मनोनयन अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रकाशित: ९ माघ २०८१ ६:४४ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast