दोहोरो अंकले घट्यो नेप्से

हिमाल प्रेस २९ पुष २०८१ १५:२६ | Monday, January 13, 2025
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घटेको छ। आज नेप्से १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा बन्द भएको हो।

त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ। यस कम्पनीको आज ४५ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: २९ पुष २०८१ १५:२६ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast