दोस्रो पौवादुङमा गोल्डकपको उपाधि राजगढ झापालाई

हिमाल प्रेस ९ माघ २०८१ २०:२५ | Wednesday, January 22, 2025
दोस्रो पौवादुङमा गोल्डकपको उपाधि राजगढ झापालाई

भोजपुर- पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ। आज  (बुधबार) भएको फाइनल खेलमा तिवारीभञ्याङ फुटबल क्बललाई ४-३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो।

जितसँगै राजगढ फुटबल क्लबले नगद तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए।

राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए। सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए।

विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। समापन कार्यक्रमको प्रमुख अथितिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई थिए।

प्रकाशित: ९ माघ २०८१ २०:२५ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast