देउवाले भने : नेपालमा जलवायु परिवर्तनको ठूलाे असर देखियो

हिमाल प्रेस २६ पुष २०८१ १७:४० | Friday, January 10, 2025
देउवाले भने : नेपालमा जलवायु परिवर्तनको ठूलाे असर देखियो कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले जलवायु परिवर्तनका सबैभन्दा खराब असर भोगिरहेको बताएका छन्। विश्वमा बढ्दो तापक्रमका कारण ग्लेसियर पग्लिएर हिमाल नांगा बनिरहेको भन्दै त्यसको असर नेपालसँगै विश्वलाई नै पर्ने उनको भनाइ छ।

‘अहिले क्लाइमेट चेन्जले विश्वलाई नै समस्या पारिरहेको छ। नेपाल क्लाइमेट चेन्जको वर्स्ट भिक्टिम बनिरहेको छ,’ देउवाले भने, ‘समुद्री सतह बढिरहेको छ। ग्लेसियर पग्लिएर हिमाल नांगा भइरहेका छन्। त्यसकारणले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय क्लाइमेट चेन्ज हो।’

उनले ग्लोबल वार्मिङका असरहरू नेपालमा देखिइसके पनि नेपालले मात्र चाहेर यसको सुधार सम्भव नरहेको बताए। देउवाले थप भने, ‘तर, नेपालले पेट्रेलियम (डिजेल/पेट्रोल)को आयात घटाउने। इलेक्ट्रिक भेइकल बढाउन सक्यौँ भने काठमाडौंबाट सुधारको थालनी हुनसक्छ, ठाउँ ठाउँमा चार्जिङ स्टेसन राखियो भने नेपालले पेट्रोलियम आयात घटाउन सक्छ।’

उनले आफूलाई स्वच्छ राख्दै नेपालले अभियान चलाए विश्वलाई नै ध्यानाकर्षण गर्न सक्ने बताए। ‘नेपालले अभियान चलाएर जागरणका कार्यक्रम गर्न सकिन्छ। यसले नेपालले आफूलाई स्वच्छ राख्छ राख्छ, विश्वलाई पनि धेरै ठूलो मद्दत गर्न सक्छ भन्ने सन्देश जान्छ,’ उनले भने ‘विश्वभर क्लाइमेट चेन्जको अवारनेस बढेको छ। विश्वलाई उदाहरण दिन हामीले वन बचाउनु धेरै महत्त्वपूर्ण कुरा छ।’

उनले नेपालमा वन पनि विनाश भइरहेको भन्दै बचाएर जलवायु परिवर्तनका असर घटाउन सके ग्लोबल वार्मिङका असर कम गर्न सकिने बताए। ‘हाम्रो वन खत्तम हुन थालेको छ। बनलाई बचायो र ४० देखि ६० प्रतिशत जंगल हामीले बताउन सक्यौँ भने त्यसले नेपालका लागि धेरै कुरामा मद्दत गर्न सक्छ,’ देउवाले भने, ‘देशभरीमा नै ग्लोबल वार्मिङको चिन्ता सुनाउनुपर्छ र सबै जनतालाई हरित प्रवर्द्धनमा लाग्न प्रेरित गर्नुपर्छ।’

प्रकाशित: २६ पुष २०८१ १७:४० | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast