तस्बिरमा हुम्लाको हिमपात

हिमाल प्रेस ३ माघ २०८१ १८:३८ | Thursday, January 16, 2025
तस्बिरमा हुम्लाको हिमपात

हुम्ला-  हुम्ला सदरमुकाम सिमकोटमा हिमपात भएको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताइन्।

नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ।

हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए।

हिउँ परेर अत्यधिक चिसो बढे पनि यहाँका स्थानीयवासी चिसोको पर्वाह नगरी आफ्नो काममा हिँडिरहेका छन्।

यस वर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो। यस वर्षको पहिलो हिमपात गत म‌ंसिर ११ गते भएको थियो।

सबै तस्बिरः दाने बोहरा/रासस

प्रकाशित: ३ माघ २०८१ १८:३८ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast