 
                             
                                            पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। व्यास नगरपालिका १२, तल्लो छिर्कनमा मंगलबार बिहान सवा ८ बजे दमौलीबाट डुम्रेतर्फ गुडिरहेको ग.प्र.००३–००१ प ०३१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई कल्भर्टमा ठोक्किन पुगेको थियो।
मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका ६, चालिसे घर भई हाल व्यास ५, पाटन बस्ने १९ वर्षीय सन्दीप आले र सोही ठाउँकी ४० वर्षीया मधुमाया आले हुन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
                            प्रकाशित: ८ माघ  २०८१ ११:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 