डलर घट्यो, युरो र पाउन्ड बढ्यो

हिमाल प्रेस १२ माघ २०८१ ६:१९ | Saturday, January 25, 2025
डलर घट्यो, युरो र पाउन्ड बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ६४ थियो। त्यसैगरी आज युरो एकको खरिददर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ३६ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८३ र बिक्रीदर चार सय ४९ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ८५ पैसा थियो।

प्रकाशित: १२ माघ २०८१ ६:१९ | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast