डलर अहिलेसम्मकै महँगो, कति छ दिनार?

हिमाल प्रेस ७ माघ २०८१ ६:१६ | Monday, January 20, 2025
डलर अहिलेसम्मकै महँगो, कति छ दिनार?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको विनियमदर घटबढ भएको छैन। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ति पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिददर एक सय ४२ रुपैया ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ६३ र बिक्रीदर ८६ रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७५ र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा थियो। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा छ।

प्रकाशित: ७ माघ २०८१ ६:१६ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast