 
                             
                                            काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अधिकांश विदेशी मुद्रा सस्तिएका छन्। कुबेती दिनार, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको विनियमदर आज घटेको हो। यी मुद्राको मूल्यमा तीन दिनयता लगातार गिरावट आइरहेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा थियो।
आज युरो एकको खरिददर एक सय ४३ रुपैया ७८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ४० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा थियो।
आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०६ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा छ। हिजो स्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०९ पैसा छ। हिजो हराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 