डढेलोबाट लस एन्जलसमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

हिमाल प्रेस २९ पुष २०८१ १३:३० | Monday, January 13, 2025
डढेलोबाट लस एन्जलसमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौँ- अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीले मृत्यु हुनेको संख्या २४ पुगेको बताएका छन्। जबकि अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए।

आगलागीका कारण इटन क्षेत्रमा १६ जनाको मृत्यु भएको छ भने पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। लस एन्जलस नजिकैको तीन क्षेत्रमा अहिले आगो लागेको छ। आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ।

क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्। दमकलले अझै तीन ठाउँमा आगो नियन्त्रणको प्रयास गरिरहेको छ। अझै तीव्र हावा चल्ने भएकाले यो साता आगलागी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ।

प्रकाशित: २९ पुष २०८१ १३:३० | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast