ट्रेन्डिङमा ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’

हिमाल प्रेस ९ माघ २०८१ १६:३५ | Wednesday, January 22, 2025
ट्रेन्डिङमा ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’

काठमाडौँ- फिल्म ‘होस्टेल ३’ को ‘टिक टिक टिक’ बोलको गीत युट्युबको ट्रेन्डिङमा परेको छ। फिल्म युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ १० मा छ।

समाचार तयार पार्दासम्म गीतले करिब ११ लाख भ्युज बटुलिसकेको छ। टिकटक भिडियो र फेसबुकमा रिल्सबाट पनि गीतले  चर्चा पाइरहेकाे छ।

अलमोडा राणा उप्रेतीको शब्द र संगीत रहेको गीतमा उनकै स्वर छ। गीतको भिडियोमा फिल्मको मुख्य कलाकार पारस बम (कुल ब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीको अभिनय छ। गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा सन्तोष राणाले र्‍याप गाएका छन्।

‘होस्टेल’ को तेस्रो सिक्वेल सशान कँडेलले निर्देशन गरेका हुन्। निर्देशक कँडेलकै कथा रहेको फिल्ममा माधव शर्माले पटकथा लेखेका हुन्। फिल्म आगामी फागुन २३ मा प्रदर्शन हुनेछ।

फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

अर्जुन तिवारीको डिओपी रहेको फिल्म बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, सुदिप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन छ।

प्रकाशित: ९ माघ २०८१ १६:३५ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast