 
                             
                                            काठमाडौँ- पाकिस्तानको क्वेटा सहरमा एक जनाले गोली हानेर छोरीको हत्या गरेका छन्। अनवर उल–हक नाम गरेका व्यक्तिले छोरीको हत्या गरेका हुन्।
टिकटकमा बनाएको भिडियो मन नपरेका कारण उनले गोली हानेर छोरीको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अनवरकी छोरीले टिकटकमा भिडियो बनाउने गरेकी थिइन्।
सुरूमा घटनापछाडि अज्ञात व्यक्तिको हात रहे पनि अनवरले छोरीको हत्या आफूले गरेको प्रहरीसामु स्वीकार गरेका छन्। अमेरिका बस्दै आएका उनी हालसालै पाकिस्तान फर्किएका थिए। अनवरसँग अमेरिकाको नागरिकता रहेको बताइएको छ।
छोरीले टिकटकमा हालेको भिडियो आफूलाई ‘आपत्तिजनक’ लागेको उनले प्रहरीसमक्ष वयान दिएका छन्। प्रहरीले अनवरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
                            प्रकाशित: १७ माघ  २०८१ २१:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 