 
                             
                                            पोखरा- पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ एपीएफ क्लब फाइनल प्रवेश गरेका छन्।
शुक्रबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिस क्लब फाइलनमा प्रवेश गरेको हो। पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो। तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो। तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो।
यस्तै, महिलातर्फ आयोजक टिमलाई पराजित गर्दै एपीएफले फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ। साविक विजेता एपीएफले आयोजक टोलीलाई ३–१ ले पराजित गरेको हो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो। तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपीएफले फाइलन यात्रा तय गरेको हो। टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन्।
शनिबार महिला र पुरुष दुवैतर्फ दोस्रो क्वालिफायरका खेल हुनेछन्। पहिलो खेल महिलातर्फ आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लबबीच हुनेछ। टाइगर ग्रुप पहिलो क्वालिफायरमा एपीएफसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको हो। न्यू डायमण्डले एलिमिनेटरमा पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
शनिबारको दोस्रो खेलमा पुरुषतर्फ आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो। गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो। दुवैतर्फ फाइनल खेल आइतबार हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 