टाइगर कपबाट बाहिरियो एपीएफ

हिमाल प्रेस १६ माघ २०८१ १९:५१ | Wednesday, January 29, 2025
टाइगर कपबाट बाहिरियो एपीएफ

पोखरा- विभागीय एपीएफ क्लब पोखरामा जारी पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार पोखरा रंगशालामा भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले ३–२ सेटमा एपीएफलाई पराजित गरेको हो।

पहिलो र दोस्रो सेट गुमाएको एपीएफले तेस्रो र चौंथो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगिताबाटै बाहिरिनुपरेको हो।

हेल्प नेपालले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो भने एपीएफले तेस्रो सेट २५–१३, चौथो सेट २५–२३ ले जितेको थियो। तर पाँचौं सेट हेल्प नेपालले १५–१२ सेट जित्यो।

हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्ने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ। विजयी टिम एलिमिनेटर खेल्नेछ। बुधबार महिलातर्फ एपीएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

अर्को खेलमा ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब, थाइल्यान्डले त्रिभुवन आर्मी क्लबसँगको प्रतिस्पर्धामा ३–१ सेटमा जित निकाल्यो। पुरुषतर्फ त्रिभुवन आर्मी र भारतको सुनिल भलिबल क्लबबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो। पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिलले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो। त्यसपछि खेल स्थगित भएको हो।

बिहीबार पुरुष र महिलातर्फ २–२ खेल हुनेछन्। यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ। पहिलो खेलमा नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। उक्त खेलको विजेता एपीएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ।

पुरुषतर्फ त्रिभुवन आर्मी र भारतको सुनिल भलिबल क्लबबीचको खेल बिहीबार सुरु हुने तालिका छ। उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो। यो खेलले क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउने छ।

तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबबीच हुनेछ। विजेताले एलिमिनेटर खेल्नेछ। दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एकदिन लम्बिने निश्चित भएको छ। अब फाइनल २० माघमा हुनेछ।

प्रकाशित: १६ माघ २०८१ १९:५१ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast